Mustang

मुस्ताङमा भेटीयो १३ औं शताब्दी पुरानो सभ्यता
 

२१ वैशाख, काठमाण्डौ । खोजकर्ताहरुले उपल्लो मुस्ताङको गुफामा तेर्हौ शताब्दी पुरानो हातले वनाएका चित्र पेन्टिङ फेला पारेका छन । काठमाण्डौवाट करिव १ सय २५ किलो मिटर पश्चिममा पर्ने हिमाली क्षेत्र मुस्ताङको लोमान्थाङ क्षेत्रवाट नेपाली, इटालेली र अमेरिकी पुरातत्ववीद तथा अनुसन्धानकर्ता संलग्न टोलीले गुफाको भित्तामा हातले वनाएको १३ औ शताव्दी पुरानो वुद्ध सम्वन्धी पेन्टीङ हालै फेला पारेका हुन ।

वेलायती समाचार संस्था रोयटर्शको अनलाइन संस्करणले जनाएअनुसार खोजका क्रमा १२ वटा गुफावाट त्यस्ता पेन्टिङ फेला परेका हुन । समुद्रसतहवाट ४३०० मिटर उचाइमा पाइएका ती पेन्टिङ दुर्लभ मानिएका छन । यस अघि नेपालको पुरातत्व विभागवाट गरिएको अनुसन्धानका क्रममा सोही क्षेत्रमा नेपाली तथा जर्मन पुरातत्ववीदहरुले गुफाकालीन सभ्यता पक्ता लगाएका थिए ।

हालसम्म नेपालमा १४ औं शताब्दी अगाडीका पेन्टिङहरु नपाइए पनि यसपटकको खोजका क्रममा १३ औं शताब्दी पुरानो पाइएपछि खोजकर्ताहरु अचम्भीत भएका छन । नेपालको पहिलो मानववस्ती तथा सभ्यताको केन्द्र मानिएको मुस्ताङ क्षेत्र खोजकर्ताहरुका लागि ज्यादै महत्वपूर्ण मानिएको छ । यसअघिका खोजहरुवाट काली गण्डकीको किनारामा यस्ता महत्वपूरण गुफातथा माटाका भांडा कुडा फेला परेका थिए । यो प्राप्ती पछि मुस्ताङमा १३ औं शताब्दी पहिला देखि नै मानव वस्ती रहेको प्रमाणित भएको खोज कार्यमा संलग्न अमेरिकी पुरातत्वविद वोर्गुटन कव्मले भने यो एउटा रहस्य पूर्ण प्राप्ति हो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s

Follow

Get every new post delivered to your Inbox.