बीपी र म

- डा. ध्रुव शर्मा
अल इण्डिया इन्स्टिच्युटमा बीपी भर्ना भएर बीपीलाई क्यान्सर भएको निर्क्यौल भएपछि बीपीलाई यो खबर सुनाउने हिम्मत शैलजा आचार्य, गिरिजा प्र. कोइराला तथा चन्द्रशेखरले गरेका थिएनन्। ‘तर किन हो कुन्नि मलाई त्यो आँट आयो र मैले त्यो खवर बीपीलाई सुनाएँ’। यो खवर सुनाउँदा बीपीको अनुहारमा एक किसीमको परिवर्तन आएको थियो, तर यो केही सेकेण्डका लागि मात्र थियो। त्यसपछि वहाँ नर्मल नै देखिनु भयो।
यस घटना पछि बीपीको उपचारका लागि टाटा मेमोरियल क्यान्सर हस्पिटलमा जाने निर्णय भयो। तर बम्बैमा मात्र उपचार गर्न नहुने धारणा मेरो र बीपी दुवैको थियो। किनभने वहाँ ६ महिना वा एक वर्ष भन्दा बढी नबाँच्ने कुरा निश्चित जस्तै थियो। त्यो अमुल्य ‘समय’ नेपालमा नेपालीहरूका लागि नेपालीहरूकै माझ खर्चिनु पर्छ भन्ने मान्यता म र बीपी दुवैको थियो। यो कुरामा सबैको सहमत पनि भयो। तर नेपालमा वस्दा बीपीसँगै उपचारका लागि चाहिने एक जना डाक्टर भने पाइएन। अन्त्यमा म नै बीपीसँग नेपाल जान्छु भन्ने सोचेर मेरो निर्णय सबैलाई सुनाएँ। वास्तवमा, एक डाक्टर जो बम्बैमा बीपीसँगै जाओस्, त्यहाँको उपचार पद्धति हेरोस्, सिकोस् र बीपीसँग बसोस् भन्ने मेरो सुझाव थियो तर यसको लागि डाक्टर नपाइएकाले मैले त्यो निर्णय गरेको थिएँ। तीन महिना पछि मेरो एम.वि.वि.एस (MBBS)को फाइनल परीक्षा थियो तर मेरो एक जाँच विग्रदा के नै फरक पर्छ र? जस्तो लाग्यो। अनि ६ महिना वा १ वर्ष बीपीका लागि पढाइ छोडिदिने निर्णय गरें। मेरो यो निर्णय सुनेर सबै स्तब्ध हुनु भयो। त्यहाँबाट हामी ४ जना बीपी, चन्द्रशेखर, शैलजा र म प्लेनबाट बम्बई तर्फ लाग्यौं। बीपी बम्बैको टाटा मेमोरियल क्यान्सर अस्पतालमा भर्ना हुनु भयो, जहाँ म र बीपी एक क्यावीनमा सँगै बस्न शुरु गर्यौ। म त्यति व्यवस्थित मान्छे नभएकाले कपडाहरू पनि थिएनन्। चन्द्रशेखरजीले ४ जोर कपडा किनेर ल्याइदिनु भयो। ३ हप्ता (एक महिना) त्यहाँ बीपीको उपचार भयो र मैले पनि त्यही नै उक्त उपचार विधि सिकें। मलाई त्यो उपचार पद्धति नेपालमा गएर चलाउन सक्छु भन्ने लागे पछि हामी नेपाल फर्कियौं।
अहिले मलाई पनि त्यही रोग छ, क्यान्सरले मेरो दुइवटै फोक्सो समातिसकेको छ। तर, बीपीको औधधि पचाउने शक्ति देख्दा मलाई आजकाल आश्चर्य लाग्छ। साच्चैँ! त्यो निकै उदेक लाग्दो थियो। वहाँलाई दिइएका कडा ड्रग्सहरु वहाँले यसरी पचाइदिनुहुन्थ्यो कि मलाई अहिले सम्झँदा अचम्म लागेर आउँछ। वहाँ केमियोथेरापी पछि पनि माथिल्लो तलाबाट तल झरेर २, ३ घण्टा थुप्रै मान्छेहरूका बीचमा विभिन्न विषयमा वहसमा भाग लिनुहुन्थ्यो। साँच्चै आजकाल त्यो कुरा सम्झँदा मलाई पत्याउन नै गाह्रो हुन्छ। कतिखेर त विश्वास नै लाग्दैन। अहिले, बसेको ठाउँबाट उठ्न पनि मलाई करिब ५ मिनेट लाग्छ। अहिले सुई दिएपछि म हिड्न सक्दिन, तर त्यतिवेला बीपीले मलाई बिहानै उठाउनुहुन्थ्यो, आफै चिया बनाउनुहुन्थ्यो, र ‘डाक्टर उठ! चिया तयार भइसक्यो’ भन्नु हुन्थ्यो। बीपीको स्वास्थ्यमा सुधार होला भन्ने आशै-आशमा मैले ३ पटक विवाहको मिति सारेको थिएँ। अन्तिममा बेलातिर बीपीले, ‘तिमी बिहा गरेर वुहारी लिएर आउ’ भन्नु भयो। मैले बिहे गरेर आउँदा, वहाँ हस्पिटलमा भर्ना भइसक्नु भएको थियो, लगभग वेहोसीको हालतमा।
[बीपी कोइरालासँग नजिक भएका व्यक्तिहरुलाई भेट्ने क्रममा २०६० भाद्र २५ मा डा. ध्रुव शर्मासँग भेट भएको थियो। बीपी कोइरालाकै रोगबाट पिडीत डा. शर्मा आफूलाई ती भाग्यमानी व्यक्तिहरुमध्ये एक मान्नु हुन्थ्यो, जसलाई बीपीको अन्तिम समयमा सबैभन्दा नजिक रहेर डाक्टरका रूपमा बीपीको सेवा गर्ने मौका मिलेको थियो। ५८ वर्षीय शर्मासँग बीपीसँगका अनगिन्ति प्रसंग र संस्मरणहरू आफूसँग भएको र ती प्रसंगहरू क्रमशः बाहिर आउनु पर्ने विचार वहाँको थियो। अर्को भेटमा विस्तृत रुपमा ती प्रसंगहरु रेकर्ड गर्ने वाचाका साथ हामी वहासँग छुटि्टएका थियौं। तर, विडम्बना बीपीका थुप्रै प्रसंगहरू वहाँको अवसानसँगै हराएर गएका छन्। एक कर्तव्यनिष्ठ, त्यागी डाक्टरका रुपमा परिचित शर्माको अवसान बीपी कोइरालाको सम्पूर्ण व्यक्तित्वको खोजी गर्न चाहनेका लागि अपुरणीय क्षतिका रुपमा रहने छ। बीपीको वास्तविक जीवनी लेख्न नसकेको अवस्थामा, बीपीसँग वास्तविक रुपमा नजिक हुनेहरूको अकल्पनीय अवसानले बीपीका कतिपय पक्षहरू इतिहासको गर्भमै लुक्ने कुरामा कुनै शंका छैन। यसरी, डा. शर्माको निधनले बीपीले अन्तिम अवस्थामा भोगेको अकल्पनीय पीडा, सहनशीलता, धैर्यता र वहाँको मूल्य, मान्यता तथा सोचाईहरू जस्ता कैयौं विषयवस्तुहरू इतिहासको एक विलुप्त पानाका रूपमा हामीबाट हराएको छ। डा. ध्रुव शर्मासँग २५ भाद्रमा गरिएको कुराकानीका आधारमा दीपक अर्याल र रमेश कार्कीद्वारा तयार पारिएको पाठ्य सारको अडियो-भिडियो पछि सार्वजनिक गरिनेछ।]
(कान्तिपुर दैनिकमा प्रकाशित यस लेखका केही भागमा सम्पादन गरिएको छ।)
Appeal to the Countrymen (1976)
(Appeal issued by B.P. Koirala on the eve of returning home in December 30, 1976, after 8 years of exile in India.)
After a long time we are returning to our motherland. On this occasion it is necessary that I should address a few words to my countrymen. Our country is now facing a national crisis. That this crisis has been deepening in recent years, is realized by all. And this is leading to a situation which would endanger the very existence of our nation. This fact is acknowledged by many others too. Right from His Majesty the King, every person has from time to time referred to this threat to our national existence.
We are returning to our country with full realization of the gravity of the present situation. In our view, the man reason for the development, of this crisis is the lack of unity in the nation, because of which foreign interests have started intrigues in our country, and that has helped them in making Nepal a center of international conspiracy. Our National unity can be established only on the basis of a united campaign and the combined efforts of all the people of Nepal. Had it been possible to attain that unity only by raising slogans, our country would not have been reduced to this deplorable plight, with its unity torn asunder in the course of the last 16 years. In our country, today, there is a preponderance of self-seeking, communalism (regionalism), individualistic mentality and tendency to look foreign lands. In a situation such as this, nationalism is the first casualty.
Hitherto our struggle has been solely for democratic rights of the people. For that reason, we had put emphasis on democracy alone. A new dimension, however, is added to it now. Another responsibility has now fallen on the Nepali Congress. This other responsibility is to save the integrity of the country. We have to understand the present problem of Nepal from two angles-Nationalism and Democracy.
All this means that the people of Nepal have a twofold responsibility-achievement of Democracy and defense of National Integrity. If, however, we consider one of the two responsibilities as our only task, we would be one sided and commit a grave blunder. And if we lay stress on the achievement of democracy alone, we may not effectively participate in resolving the national crisis. It does not merely at that point; pursuit of one-sided task may lead us into the snare of international conspiracy. Similarly if we consider Nationalism as our only concern, we would be led to slogan-mongering for empty nationalism of the last 16 years, and ultimately support authoritarianism. On the basis of this kind of hollow nationalism, the inner strength of the people cannot be generated for the defense of nationalism. For these reasons we have to understand clearly that National Unity can succeed only on the base of democracy, and the democratic base cat take the country to the path of economic development and a just economic order. We do therefore, consider that Nationalism, Democracy and Economic development of the country are interdependent.
From its very inception, the Nepali Congress, has from time to time taken many historic and serious decision in the interest of the country. The Revolution of 2007 (1950-51) was accomplished under the leadership of the Nepali Congress, and after that great event, when we found that the General Elections was being shelved for good, we took the leadership in the movement for General Elections. In that campaign we received cooperation from many other parties. When a cruel and staggering blow was dealt at democracy in 2017(1960), the Nepali Congress Launched a Resistance Movement in support of Democracy. And, now when we find that a threat is hanging over our country, we have taken another historic decision which is in conformity with the tradition of the Nepali Congress.
In the history of each country, an hour arrives when its people stake their lives to defend the integrity and independence of their motherland. We do feel that such and hour has come in Nepal. Our friends and well-wishers realizing the personal risk involved in our return to Nepal, advised us to refrain from taking this step. To them we say that our personal safety is of little consequence in the face of the danger threatening the very existence of our country. Hence this historic decision. In response to the directive of the party, Nepali Congress workers have gone back to Nepal, and have thus set an example of matchless courage and patriotism.
At this hour of National Crisis, let us all forget the past unpleasant quarrels, feelings and differences of opinion which must be buried in the interest of forging national unity. If the Nation dies, we all die; this realization should guide our activities and programs. I do not know what situation I shall find myself in, on my return. Through this statement as President of the Nepali Congress, I do apple to all my countrymen to join hands and work for the defense of the integrity of our country, for its progress and prosperity of the people with single-minded devotion. If I get an opportunity, I shall place my views before His Majesty The King. The responsibility to save the country is a task common to all.
JAI NEPAL
(मुंशी प्रेमचन्दद्वारा लिखित यस कथालाई नेपाली भाषामा अनुवाद गरिएको हो। भारतीय समाजका केही सामाजिक, आर्थिक तथा मानसिक पक्षहरूलाई प्रष्टरूपमा देखाइएको यस कथाले नेपाली समाजको पनि कतिपय पक्षलाई समेट्छ भन्ने हामीलाई लागेको छ।)
कात्रो
घरबाहिर रहेको निभेको अगेनुमा बाबु छोरा चुपचाप बसेका थिए र घरभित्र छोराकी पत्नी बुधीया सुत्केरी व्यथाले छट्पटाइ रहेकी थिई। रोकिई-रोकिई उसको मुखबाट निस्कने मुटु हल्लाउने आवाजले दुवैको मुटु थामिन्थ्यो। जाडोको रात थियो, प्रकृति मौनतामा डुबेको र सारा गाउँ अन्धकारमा विलीन थियो।
घीसूले भन्यो,- ‘खै? बाँच्दिन क्यारे। सारा दिन दौडधुप भयो, जा, हेरेर त आइज’।
माधव झिजिंदै भन्यो,- ‘मर्नै परे चाँडै किन मर्दिन? हेरेर के गर्नु’?
‘तँ साह्रै निर्दयी छस्। वर्षभरि जोसँग सुख-चैनसित बसिस्, उसैसित यस्तो कृतघ्नता? मैले त ऊ छटपटाएको र उसले हातखुट्टा पछारेको देख्न सक्दिन’, घीसूले भन्यो।
गाउँमा वदनामी कमाएको सार्कीहरूको एउटा वस्ती थियो। घीसू एक दिन काम गर्थ्यो भने तीन दिन आराम। माधवले आधा घण्टा काम गर्यो भने एक घण्टा तमाखु तान्थ्यो। यसैले गर्दा उनीहरूले कहीँ पनि काम पाउन्नथे। घरमा एक मुठ्ठी अन्न बाँकी भएसम्म पनि काम नगर्ने उनीहरूको वाचा थियो। दुई चार छाक भोकै भएपछि घीसू रूखमा चढेर दाउरा भाँचेर ल्याउँथ्यो भने माधवले वजार लगेर वेच्थ्यो। पैसा रहँदा सम्म उनीहरू यताउता घुम्थे। जब खाने समस्याले उनीहरूलाई गाँज्ने गर्थ्यो तब उनीहरू पुन: दाउरा भाँच्थे अथवा काम खोज्थे।
हुनत गाउँमा कामको कमी थिएन। किसानहरूको गाउँ थियो, मेहनती मान्छेका लागि पचासौं काम थिए तर यी दुईलाई गाउँलेहरूले त्यतिवेला मात्र बोलाउँथे जबसम्म दुई जनामध्येबाट एउटाको काम पाए पनि सन्तोष गर्नु बाहेक अन्य विकल्प रहन्थ्यो। यदि ती बाबुछोरा साधु भएका भए उनीहरूलाई सन्तोष र धैर्यका लागि संयम र नियमको जरुरत बिल्कुल हुने नै थिएन। यो त यिनीहरूको स्वभावै थियो। विचित्रको जीवन थियो यिनीहरूको। घरमा माटाका दुइचारवटा भाँडा बाहेक अरु सम्पत्ति केही थिएन। फाटेका भुल्लाले आफ्नो नग्नता ढाकेर बाँचेका थिए। संसारका चिन्ताहरूबाट मुक्त। ऋणबाट लादिएकाले कैयौंका गाली खान्थे र पिटाइ पनि खान्थे तर कुनै चिन्ता थिएन। यति साह्रै दीन थिए कि असुलीको आशै नभएर पनि मान्छेहरू यिनलाई केही ऋण दिन्थे। तैपनि अरुकै खेतबाट केराउ वा आलु चोरेर ल्याउँथे र पोलेर वा भुटेर खान्थे। अथवा पाँच-दशवटा उखु उखेलेर ल्याउँथे र रातिमा चुस्थे। घीसूले यही आकासे खेतीबाट साठी वर्षे उमेर बिताइसकेको थियो भने माधव पनि असल छोरो झैं बाबुकै पाइला पछ्याइरहेको थियो। अझ उसको नाम चम्काइरहेको थियो।
यतिवेला पनि अंगेनुका अघि बसेर दुवैले अर्काको खेतबाट खनेर ल्याएको आलु पोलिरहेका थिए। घीसूकी स्वास्नी मरेको धेरै दिन भैसकेको थियो भने माधवको विवाह गत वर्ष मात्र भएको थियो। बुहारी आएपछि नै उसले घर-गृहस्थीको जिम्मा लिएकी थिई। पिसेर वा घाँस गोडेर उसले एक-पेट पीठो जुटाउँथी र यी दुइ वेकम्माहरूको पेट भरिदिने गर्थी। ऊ आएपछि त यी दुइ झन् अल्छी भएका थिए र अझ टेढिन लागेका थिए। कसैले काम गर्न बोलायो भने निर्व्याजी भाउमा दोब्बर ज्याला पनि माग्थे। त्यही आइमाई आज सुत्केरी व्यथाले मर्न लागेकी थिई। यी दुइ भने आरामसँग सुत्नका लागि स्वास्नी मर्ने क्षणको प्रतीक्षामा थिए।
घीसुले आलु निकालेर फोक्दै भन्यो- ‘गएर हेर त के दशा छ त्यसको? बोक्सीको करामत होला। अरु त के? यहाँ त झारफुक गर्नेले पनि एक रुपियाँ माग्छ’। माधवलाई आफू कोठामा गयो भने आलुको ठुलो भाग घीसुले खाइसक्छ भन्ने डर थियो त्यसैले भन्यो- ‘मलाई त त्यहाँ जान डर लाग्छ’।
के को डर? म छु नि त यहीं- घीसूले भन्यो।
‘त्यसो भए तिमी नै गएर हेर न’- माधव करायो।
‘मेरी स्वास्नी मर्दा त म तीन दिनसम्म उसको छेउबाट यताउता चलिन।
अहिले, म भित्र जाँदा ऊ मसँग लजाउँछे कि लजाउन्न? कहिल्यै मुख नदेखेको मान्छेको नाङ्गो शरीर कसरी हेरूँ? ऊ त होसमा पनि छ कि छैन? मलाई देखेर मनपरि हातखुट्टा चलाउन पनि नसक्ली’ घीसूले सम्झाउने कोशिस गर्यो।
‘म त बच्चा जन्म्यो भने के होला भन्ने पो सोच्दैछु। घरमा सोठी, गुँड, तेल केही पनि छैन’- माधवको पीर थियो।
‘भगवानले दिए भने सबैथोक आउँछ। अहिले एक पैसा नदिएकाले भोलि आफै बोलाएर रुपियाँ दिनेछन्। मेरा नौ छोरा भए, घरमा कहिल्यै केही थिएन तर भगवानले कुनै न कुनै रूपमा उतारे’- घीसूले ढाडस दिँदै भन्यो।
हुन पनि रातदिन मिहिनेत गर्नेहरूको हालत पनि उनीहरूको भन्दा खासै राम्रो नभएको र किसानहरूको तुलनामा उनीहरूको कमजोरीबाट फाइदा निकाल्न जान्नेहरू कैयौं बढी सम्पन्न भएको ठाउँमा यस्तो मानसिकता बन्नु कुनै अचम्मको कुरो थिएन। त्यहाँ त भन्नैपर्छ- अन्य किसानहरू भन्दा घीसू कैयौं वढी विचारवान् थियो र ऊ विचार शून्य किसानको समूहमा नमिसिइ गफाडीहरूको फोहरी समूहमा मिसिएको थियो तथापि गफाडीहरूको नियम र नीतिको पालना गर्ने शक्ति भने उसमा थिएन। त्यसैले त उसको टोलीका मान्छे गाउँकै नाइके र मुखिया बन्दा पनि उसलाई भने गाउँले सबैले औंला ठड्याउँथे। कम्तिमा उसलाई यस कुरामा सन्तोष थियो कि ऊ भुल्लो नाङ्गो नै भए पनि अन्य किसानहरूले झैं उसले मिहिनेत गर्न परेको थिएन र उसको सरलता तथा निरीहताबाट अरुले फाइदा उठाएका थिएनन्।
हिजोदेखि केही नखाएकाले दुवैले आलु निकालेर तात्तातै खान लागे। आलु सेलाउन दिन सक्ने धैर्य पनि उनीहरूमा थिएन। कैयौं पटक त दुइटैको जिव्रो पनि जल्यो। फोकिएको आलुको बाहिरी भाग त्यति धेरै तातो भएको थाहा हुन्नथ्यो तर दाँतका बीचमा पर्ने वित्तिकै भित्री भागले जिब्रो, ओँठ र तालु जलाइदिन्थ्यो। त्यतिवेला त्यो अँगारलाई मुखमा राख्नु भन्दा निल्नु नै जाती हुन्थ्यो। त्यहाँ त्यस तातो आलुलाई चिसो बनाउने अन्य धेरै सामान थिए। यसैले दुवैले छिटो-छिटो निल्थे जबकि यो कोशिशमा तिनका आँखावाट आँसु पनि निस्कन्थे।
घीसूलाई वीस वर्षअघि गएको ठाकुरको जन्तीको सम्झना भयो। त्यो भोजमा उसले पाएको सन्तुष्टि उसको जीवनमा एउटा सम्झन लायक कुरो थियो र आज पनि उसको दिमागमा त्यसको सम्झना ताजै छ। उसले भन्यो- ‘त्यो भोज बिर्सनै सकिदैन। त्यतिवेलादेखि फेरि त्यस्तो खानेकुरा पेटभरि पाइएको छैन। केटीपक्षकाले सबैलाई पेटभर पूडी ख्वाएका थिए। साना-ठूला सबैले असली घिउको पूडी खाए, चटनी, रायता, तीनथोक सुख्खा साग, एक रसिलो तरकारी, मिठाइ आदि-आदि। अब के बताऊँ? त्यो भोजमा के स्वाद पाइयो? कुनै रोकटोक थिएन जे मन लाग्यो माग र जति मन लाग्यो खाऊ। मान्छेले यसरी खाए कि कतिपयले पानीसम्म पनि पिएनन्। पस्कनेवालाहरू लपेसमा तात्तातो गोला-गोला रहेका कचौरी थप्दै जान्थे। कतिले पुग्यो! चाहिन्न भनेर लपेसमा हात राखेर रोक्दै छन् तर उनीहरू दिंदै जान्थे। जब सबैले चुठे तब पान अलैंची पनि पाइयो। मलाई त पान लिने सम्झना पनि कहाँ थियो र? उभिनै मुश्किल! झटपट गएर आफ्नो काम्लोमा पसारिएँ। यस्तो ठूलो दिल भएको थियो त्यो ठाकुर।
माधवले यी सामग्रीहरूको मनमनै आनन्द लिदैँ भन्यो- ‘आजभोलि हामीलाई कसैले यस्तो भोज ख्वाउन्न’।
आजभोलि कसैले के खुवाओस्? त्यो जमानै अर्कै थियो। आजभोलि त सबै किफायतै जानेका छन्। विहेमा खर्च नगर, क्रिया कर्ममा खर्च नगर। सोध त गरीवहरूको सम्पत्ति बटुलेर कहाँ राखेका छौ? सम्पत्ति बट्याउनेमा त कमी छैन! हो खर्चमा किफायत भने जानेका छन्।
तिमीले बीसवटा जति पूडी खायौ होला?
बीसवटा भन्दा धेरै खाएँ।
मैले पचासवटा खान्थेँ।
पचासभन्दा कम खाइएन होला। एकदम युवक थिएँ, तँ त मेरो आधा पनि छैनस्।
आलु खाएर दुवैले पानी खाए र दुवै अगेनुको अगाडि आफ्नै धोती ओढेर पेटसम्म घुँडा पुर्याएर सुते। दुई ठुल्ठुला अजिङ्गर गुँडिल्किएर बसेका हुन् कि जस्तै। उता वुधिया भने अहिलेसम्म कहर्दै थिई।
बिहानै माधवले कोठामा गएर हेर्दा त उसकी स्वास्नी चिसिइसकेकी थिई। उसको मुखमा माखा भन्किरहेको थियो। जडवत् आँखाहरू बाहिर आएका थिए। सम्पूर्ण शरीर धुलैधुलोले लत्पतिएको थियो र पेटमै बच्चा मरिसकेको थियो।
माधव दगुर्दै घीसूको नजिकै आयो अनि दुवै चिच्याई चिच्याई जोड-जोडसँग छाती पिट्न लागे। यो रुवाइ सुनेर छिमेकीहरू दगुर्दै आए र पुरानै चलन अनुसार यी अभागीहरूलाई सम्झाउन लागे।
धेरै रुने कराउने समय थिएन। कात्रो र दाउराको चिन्ता गर्नुपर्थ्यो। चिलको गुँडमा मासु रित्तिए जस्तै घरमा पैसा रित्तिएको थियो।
बावुछोरा रुँदै जमिन्दार कहाँ गए। ऊ यी दुइको मुख देखेरै घृणा गर्थ्यो। कतिपटक त उसले चोरी गरेकामा र निधो गरेर काममा नआएकामा यिनलाई आफ्नै हातले पिटिसकेको थियो। तैपनि उसले सोध्यो,- के हो ए घीसूवा, किन रोइस्? आजभोलि त तँ देखिएको पनि थिइनस् त। गाउँमै बस्ने मन नभएको हो कि?
घीसूले घोप्टे मुन्टो लाउँदै आँखाभरि आँसु लिएर भन्यो- ‘सरकार ठूलो आपत्तिमा छु। माधवकी स्वास्नी राति खसी, रातभर छटपटाई सरकार। हामी, दुबै जना उसको सिरानीमा बसिरहयौं। औषधि पानी जे हुनसक्थ्यो सबै गर्यौ तैपनि उसले हामीलाई छोडेर गई। अव एउटा रोटी दिनेवाला पनि कोही रहेन, मालिक! वर्वाद भयौं। घर ध्वस्त भयो। तपाईकै सेवक हूँ। अव तपाईलाई छोडेर कसले उसको लाश पार लाउला? हामीसित जे जे थियो त्यो सबै त औषधि पानीमा सकियो। सरकारकै दया भए त उसको लाश उठ्ला हजुर नत्र त कसरी उठ्ला र सरकार। अब यहाँ नआएर कसका ढोकामा जाऊँ सरकार?
जमिन्दार साहेब दयालु थिए तर घीसूलाई दया गर्नु भनेको कालो काम्लोमा रंग लाउनु जस्तै थियो। मनमा त यहाँबाट भन्ने मन थियो तै पनि उनले भने, ‘उसो त बोलाउँदा पनि आउन्नस, आज जब खाँचो पर्यो आएर चाप्लुसी गर्छ वदमाश कहाँको’? तर, यो रिस देखाउने वा सजाय दिने वेला थिएन। मन अमिल्याएरै दुई रुपियाँ निकालेर फालिदिए तैपनि सान्त्वना दिने एक शब्द पनि मुखवाट निकालेनन्। ऊतिर हेर्दापनि हेरेनन्। मानौं टाउकाको बोझ उत्रेको होस्।
जब जमिन्दारले दुई रुपियाँ दिए गाउँका व्यापारी, महाजन आदिले नाईँ नास्ति गर्ने आँट कसरी गरुन्? घीसू जमिन्दारको नामको प्रचार गर्न सिपालु थियो। कसैले दुई आना कसैले चार आना दिए। एक घण्टामा घीसूसँग पाँच रुपियाँको मोटै रकम जम्मा भयो। कहीँवाट अन्न कहीँवाट दाउरा प्राप्त भयो। दिउँसो घीसू र माधव बजारतिर कात्रो लिन गए। यता मान्छेहरू बाँस काट्न लागे। गाउँका कमलो मन भएका स्वास्नी मान्छेहरू आउँदै लाश हेर्दै गर्थे र उसको दुर्भाग्यमा दुइ थोपा आँसु खसालेर जान्थे।
बजारमा पुगेर घीसूले भन्यो- ‘दाउरा त उसलाई जलाउन पुग्ने जम्मा भैसकेको छ, कसो माधव? माधवले भन्यो- ‘हो दाउरा प्रशस्तै भयो, अब कात्रो चाहियो’।
ल सस्तो खाले कात्रो लिऊँ।
हो, अरु के त लाश उठाउँदा रात परिसक्छ। राति कात्रो कसले देख्छ?
कस्तो खराब चलन छ? बाँच्दासम्म जसलाई शरीर ढाक्ने भुल्लो पनि भएन उसलाई मरेपछि नयाँ कात्रो चाहिने!
कात्रो लाशसित डढेरै त जान्छ।
अनि के रहन्छ त? यो पाँच रुपियाँ पहिल्यै पाएको भए केही औषधि त गरिन्थ्यो। दुवैले एकअर्काका मनका कुरा बुझ्दै थिए। बजारमा यता र उता घुम्दै गरे। घरि कुन कपडा दोकानमा घरि कुन कपडा दोकानमा। किसिम किसिमका रेशमी र सूती कपडा हेरे तर चित्त बुझेन। जब साँझ पर्यो तब दुवैजना कुन्नि कुन दैवी प्रेरणाले एउटा भट्टी अगाडि पुगे र कुनै पूर्व निर्धारित व्यवस्था जस्तै भट्टिभित्र पसे। केही समयसम्म दुवैजना द्विविधामै के गर्ने के नगर्ने भन्दै उभिए। फेरि घीसूले साहु बस्ने ठाउँ अगाडि गएर भन्यो- ‘साहुजी एक बोतल हामीलाई पनि दिनुस्’। यसपछि केही सितन आयो, तारेको माछा आयो र दुवै बरण्डामा बसेर चुपचापसित पिउन थाले। घटाघट कैयौं घुड्को पिएपछि दुवैमा रसिकता आयो। घीसूले भन्यो- ‘कात्रो ओढाएर के पाइन्छ? आखिर डढेरै त जान्छ। बुहारीसित जाने त हैन’।
देवताहरूलाई आफ्नो निष्पापताको साक्षी वनाउन खोज्दै माधवले आकाशतिर हेरेर भन्यो,- ‘संसारको चलन हो नत्र मानिसहरूले वाहुनहरूलाई हजारौं रुपियाँ किन दिन्छन्? कसले देख्छ परलोकमा पाइन्छ या पाइन्न? ठूला मान्छेसँग धन छ, उडाऊन् हामीसित फुक्नलाई के छ?
तर मान्छेहरूलाई के जवाफ दिने? मान्छेहरूले कात्रो खै भनेर सोध्दैनन्?
घीसू हाँस्यो! ‘अरे, भनिदिउँला नि कम्मरबाट खसेछ। खुब खोज्यौं तर पाइएन। मान्छेलाई विश्वास त लाग्ने छैन तर फेरि तिनैले अरू रुपियाँ दिनेछन्’।
आधा वोतलभन्दा धेरै उडाए। घीसूले दुई सेर पूडी मगायो, चटनी, अचार र भुटुवा पनि। रक्सी भट्टीकै अगाडि दुकान थियो। माधवले छिटछिटो दुइटा लपेसामा सवै सामान ल्यायो। पूरा डेढ रुपियाँ खर्च भयो। अव उनीहरूसँग केवल केही पैसा मात्र बाँकी रहे।
दुवै जना यतिवेला शानसँग बसेर पूडी खाइरहेका थिए, मानौं जङ्गलमा कुनै सिंहले आफ्नो शिकार खाइराखेको होस्। न जवाफदेहीको डर न बदनामीको फिक्री। उसो त यी भावनालाई त उनीहरूले धेरै पहिल्यै जितिसकेका थिए।
घीसूले दार्शनिक भावले भन्यो- ‘हाम्रो आत्मा प्रसन्न भै रहेको छ भने उसलाई धर्म नहोला?
माधवले श्रद्धाले शिर झुकाएर समर्थन गर्यो,- ‘अवश्य, अवश्य हुन्छ। भगवान्, तिमी अन्तर्यामी छौ। उसलाई वैकुण्ठ लैजानू। हामी दुवैले मनबाट आशिर्वाद दिइरहेकाछौं। आज जुन खाना खान पायौं त्यो जीवनमा कहिल्यै पाइएको थिएन’।
एकछिनपछि माधवको मनमा एउटा शङ्का जाग्यो र भन्यो- ‘होइन बा, हामी पनि त एक दिन त्यहाँ जानेछौं नै’।
घीसूले यो सीधा-सादा प्रश्नको कुनै उत्तर दिएन। ऊ परलोकका कुरा सोचेर यो आनन्दमा बाधा पुर्याउन चाहन्नथ्यो।
‘त्यहाँ त्यसले हामीसित मलाई कात्रो किन दिएनौं भनेर सोधी भने के भनौला’?
तेरो टाउको भन्ने! तैले कसरी जानिस्? त्यसले कात्रो पाउन्न भनेर। तैले मलाई यस्तो गधा सोचेको छस्? साठी वर्ष मैले घाँस गोडेर बसें? उसले कात्रो पाउँछे र यो भन्दा राम्रो पाउँछे’।
माधवलाई विश्वास लागेन। सोध्यो- कसले दिन्छ? पैसा त तिमीले चट पार्यौ। उसले त मलाई नै सोध्छे नि। उसको सिउँदोमा सिन्दुर त मैले हालेको थिएँ।
घीसूले अलि तातेर भन्यो- ‘मैले भन्छु, त्यसले कात्रो पाउँछे। तँ किन पत्याउन्नस्?
कसले दिन्छ त? किन बताउन्नौ मलाई? माधव झिंझियो।
उनैले दिन्छन् जसले अहिले दिएका छन्। फरक यत्ति हो कि, यस पटक रुपियाँ हाम्रो हातमा न आउला। जतिजति अँध्यारो बढ्दै थियो, ताराहरूको उज्यालो अझ बढ्थ्यो, भट्टीको चहल पहल पनि बढ्दै जान्थ्यो। कसैले गाउँथ्यो, कसैले धाक लाउँथ्यो, कोही आफ्नो साथीलाई अंगालो हाल्थ्यो, कसैले आफ्नो साथीको मुखमा रक्सीको प्याला राखिदिन्थ्यो।
त्यहाँको वातावरणमा नशा थियो। कतिपय त यहाँ आएर एक प्यालामै मस्त हुने गर्थे। रक्सीले भन्दा यहाँको हावाले उनीहरूलाई नशा दिन्थ्यो। जीवनका बाधाहरूले तानेर यहाँ ल्याउँथे र केहीबेरका लागि उनीहरू मरेको छु वा बाँचेको छु भन्ने बिर्सन्थे। अथवा न जिउँथे न मर्थे। यी दुई बाबुछोरा भने अझ पनि मजासँग रक्सीको घुट्को लिइरहेका थिए। सबैका नजर यिनै माथि टिकिरहेका थिए। दुबै कति भाग्यका बलिया हुन्, पूरा बोतल बीचमा छ। पेटभर खाएर माधवले बचेको पूडीको टपरी उचालेर एउटा माग्नेलाई दियो, जो उभिएर भोको नजरले यिनैलाई हेरिरहेको थियो र जीवनमा पहिलो पटक दिनुको गौरव, आनन्द र उल्लासको अनुभव गर्यो।
घीसूले भन्यो- ‘लैजा, खुब खा र आशीर्वाद दे! जसको कमाइ हो ऊ त मरिसकी तर तेरो आशीर्वाद उसलाई अवश्य पुग्छ। मनको कुना-कुनाबाट आर्शीवाद दे, वडो मिहिनेतको कमाइको पैसा हो।
माधवले फेरि आकाशतिर हेरेर भन्यो- ‘ऊ वैकुण्ठमा जान्छे ‘बा’! वैकुण्ठकी रानी बन्छे’।
घीसू उभियो र उल्लासको तरङ्गमा पौडिदै भन्यो- हो छोरा, वैकुण्ठ जान्छे। कसैलाई सताइन, कसैलाई रुवाइन। मर्दामर्दै पनि हाम्रो जीवनको सबैभन्दा ठूलो इच्छा पूरा गरी। ऊ वैकुण्ठमा जान्न भने के यी मोटा मोटा मान्छे जालान् जो गरीवहरूलाई दुवैहातले लुट्छन् र आफ्नो पाप पखाल्नका लागि गंगामा नुहाउँदैमन्दिरमा जल चढाउँछन्।
श्रद्धालुपनको यो रंग तुरुन्तै बदलियो। नशाको विशेषता नै अस्थिरता हो। दुःख र निराशाको लहर सुरु भयो।
माधवले भन्यो- ‘तर बा, विचरीले जिन्दगीमा साह्रै दुःख भोगी! विचरा कति दुःख भोगेर मरी। ऊ आँखा छोपेर चिच्याई चिच्याई रुन थाल्यो ।
घीसूले सम्झायो- ‘किन रुन्छस् छोरा, खुशी हो। ऊ मायाजालबाट मुक्त भई। जञ्जालवाट छुटकारा पाई। वडो भाग्यवान् थिई, जसले यति छिटै मायामोहको बन्धन तोडी।
अनि दुवै उभिएर गाउन थाले- ‘ठगिनी किन आँखा झम्काउँछे! ठगिनी! पियक्कडहरूका आँखा यिनैतिर फर्केका थिए र यी दुई आफ्नो मनमा मस्त, गाउँदै जान्थे। फेरि दुवै नाच्न लागे। उफ्रे, दगुरे, नाचे, हल्लिए र लोटे पनि। आफ्ना भावनाहरू पोखे, अभिनय गरे र आखिरिमा नशामा चूर भएर त्यहीं फालिए।
बीपी कोइरालासँगको अन्तर्वार्ता
February 28th, 2007 at 11:20 am (BP Koirala, Interview, Politics)
मान्छे मरेर जान्छन् तर केही व्यक्तिहरू मरे पनि उनीहरूका विचारहरूले देश, समाज तथा जनतालाई सदियौंसम्म विशेष शन्देश छोडेर जाने गर्छ। बीसौँ शताब्दिका ती महानतम नेपालीले आफ्नो अन्त्यकाल आएको थाहा पाउनु भन्दा केही दिनअघि आफ्ना साथी भोला चटर्जीलाई आफ्नो मनको कुरा भन्नु भएको थियो- जो यहाँ प्रस्तुत छ।
बीपी कोइराला
तपाईँको प्रजातान्त्रिक समाजवाद प्रतिको वचनवद्धता एक ऐतिहासिक तथ्य हो। सन् १९३० को दशकका प्रारम्भदेखि नै तपाईँ समाजवादी रहिआउनु भएको छ। तपाईँको प्रजातान्त्रिक समाजवादको वास्तविक धारणा के हो? एउटा सैद्धान्तिक आन्दोलनका रूपमा प्रजातान्त्रिक समाजवादको वास्तविक धारणा के हो? एउटा सैद्धान्तिक आन्दोलनको रूपमा प्रजातान्त्रिक समाजवादको नेपालमा कुनै भविष्य छ जस्तो तपाईँलाई लाग्छ?
सन् १९८१ को फरवरी (फागुन) मा मैले अष्ट्रेलियाको राजधानी सिड्नीमा एउटा भाषण दिएको थिएँ। त्यसमा मैले हाम्रो सङ्घर्षको अनुभव संक्षेपमा बताएँ र संसारका समाजवादीहरूले त्यसबाट के पाठ सिक्न सक्छन् भन्ने कुरा गरेँ। एशियाली तथा प्रशान्त क्षेत्रको समाजवादी सङ्घको सिड्नी सम्मेलनमा मैले बनाएका पाँचवटा बूँदा प्रस्तुत गरेँ। पहिलो बूँदा प्रजातन्त्रका बारेमा छ, किनभने जनताको स्वार्थ निहीत भएका उचित राजनीतिक संस्थाहरू विना आर्थिक विकास पनि संभव छैन।
राजा महेन्द्रबाट ०१७ साल ल्याउनुको पछाडि एउटै तर्क दिइएको थियो कि आर्थिक विकासलाई राजनीतिबाट अलग्याउन सकिन्छ र विकासको गतिलाई तानाशाही व्यवस्था अन्तर्गत छिटो दौडाउन सकिन्छ। तर त्यो भएन। किनभने वास्तवमा भन्ने हो भने राजाको प्रत्यक्ष शासनले देशको आर्थिक अवस्थालाई पुरा नष्ट हुने विन्दुमा ल्याइपुर्यायो। २०१७ साल पछि देश झन् गरीव भएको छ। हाम्रा अनुभवमा (अर्थात् तेश्रो विश्वको) सन्दर्भमा विकास भन्नुको अर्थ जनतालाई विकासको काममा अभिप्रेरित गर्नु हो। उनीहरूलाई विकासका हरेक तहमा सामेल गर्नुपर्छ विकासको निर्णय गर्ने तहदेखि लिएर त्यो निर्णयको कार्यान्वयन गर्ने तहसम्म उनैलाई सामेल गर्नु पर्छ। यो एउटा राजनीतिक काम हो। तानाशाही शासनले एउटा प्रजातान्त्रिक महल खडा गर्न सक्छ जससित जनताको कुनै सम्बन्ध छैन। त्यसो हुनाले एउटा समाजवादी मानिसले प्रजातान्त्रिक संस्थाहरूको विकासमा समेत सरोकार राख्नु पर्छ।
दोश्रो बुँदा विदेशी सहायताका बारेमा छ। यस बारे हाम्रो के विचार छ भने हामीहरुको जस्तो अवस्थामा विदेशी सहायताले विकासको प्रक्रियालाई मद्दत गर्नुको सट्टा एउटा वर्ग सिर्जना मात्र गर्छ जसको सम्पन्नताले देशको आर्थिक अवस्थासित कुनै सम्बन्ध छैन। त्यो सम्पन्नता केवल बिदेशी सहायतालाई आफ्नो खल्तीमा हाल्ने, भ्रष्टाचार गर्ने या अवैध व्यापार गर्ने जस्ता कुरामा आधारित छ।
तेश्रो बूँदा, हामीहरूको जस्तो गरीव देशको विकासका लागि पश्चिमका विकसित समाजहरूले देखाएको नमूना उचित छैन भन्ने। विकासको त्यो नमूना अगाडि राखेर हामीले काम गर्नका लागि अत्यन्त ढिलो भइसक्यो। त्यस्तो उच्च स्तरको प्रविधि आयात गरेर हामीलाई हुँदैन। हामीलाई ठीक हुने प्रविधि त हाल हामीले प्रयोग गरिरहेको भन्दा केही उत्कृष्ट प्रबिधि मात्र हो। हामीलाई उच्च स्तरको प्रविधि आयात गरेर हामीलाई हुँदैन। हामीलाई ठीक हुने प्रविधि त हाल हामीले प्रयोग गरिरहेको भन्दा केही उत्कृष्ट प्रविधि मात्र हो। हामीलाई त्यस्तो प्रविधि चाहिएको छ जसलाई हाम्रा आफ्नै मानिसले सञ्चालन गर्न सकून्। हामीले विकासको पश्चिमी ढाँचा अनुकरण गर्दाखेरि खास धनी झन् झन् धनी र गरीब झन् झन् गरीब हुँदै गइरहेका छन्। त्यो सम्पन्न वर्गको जरा (आधार) यो देशमा छैन, त्यो वर्गलाई यो देशको आर्थिक पुनरूत्थानमा खास रूचि पनि छैन।
चौथो बूँदा के हो भने समाजवादीका लागि संसारमा सर्वत्र चलिरहेको प्रजातान्त्रिक आन्दोलनका प्रति उदासीन रहनु भन्दा बढी खराब काम अरू कुनै हुनै सक्तैन। प्रजातन्त्र भन्नाले मेरो तात्पर्य उदार प्रजातन्त्र पट्टी छ। यो कुरामा विशेष जोड दिएर भन्न चाहन्छु किनभने कहिले काहिँ समाजवादीहरू आर्थिक विकासलाई पहिलो प्राथमिकता दिएर यो बूँदालाई दोश्रो प्राथमिकता दिने गर्छन्।
पाँचौ बूँदा के हो भने समाजवाद भविष्यको लहर हो भन्ने हामीलाई लाग्छ। समाजवाद तेश्रो विश्वका देशहरू या त फासिष्ट सैनिक तानाशाहीतिर जान्छन्, या कुनै सुधारविरोधी प्रतिक्रियावादी तानाशाहीतिर। त्यसकारण हामी तेश्रो विश्वका समाजवादीहरूका अघिल्तिर एउटा ठूलो चुनौति छ। आज समाजवादको आकर्षणको केन्द्रविन्दु यूरोपबाट हटेर तेश्रो विश्वमा पुगेको छ जहाँ समाजवाद जीवनको एउटा प्रेरणादायी आदर्श र विकासको नमूनाका रूपमा सान्दर्भिक बनेको छ। यदि नेपालो कुनै भविष्य छ भने, बाँच्ने एउटै उपाय त्यही हो। समाजवादका मुख्य एउटा पोया छन् (१) राजनीतिक स्तरमा प्रजातन्त्र र (२) आर्थिक क्षेत्रमा गरीब जनतालाई न्याय दिने खालको विकास। यी दुई पक्ष विना गरीबी उन्मूलन गर्छ भन्नु र राजनीतिक स्वतन्त्रता ल्याउँछु भन्नु असम्भव कथा हाल्नु बराबर हो। यो केवल आदर्शको प्रश्न अथवा जीवनका उत्कृष्ट मूल्यमा विश्वास राख्ने प्रश्न मात्र होइन, यो जीवनमरणको प्रश्न हो।
तपाईँ नेपालमा कस्तो किसिमको आर्थिक व्यवस्था चाहनुहुन्छ? र नेपाले आफ्नो विकास कसरी गर्न सक्छ भन्ने ठान्नु हुन्छ?
म यस सम्बन्धी मेरो विचार तपाईँलाई भनौँला। मेरो विचार उति स्पष्टसँग परिभाषित छैन। तर म त्यसतर्फ केही उज्यालो देख्छु। म त्यही उज्यालोतिर छाम-छुम गर्दै अघि बढ्दै छु।
यस बारेमा अलि केही भन्नु सक्नु हुन्थ्यो कि?
म प्रधानमन्त्री छँदा एकपालि म योजना आयोगको अफिसमा गएँ। योजनाबिद्हरू बसिरहेको कोठाको भित्तामा राजाको एउटा तस्वीर टाँगिएको थियो। उनीहरूलाई मैले सम्बोधन गर्नु थियो तर मलाई ती योजनाबिद्हरूलाई के भनौँ भने जस्तो भइरहेको थियो।
ती सबै आर्थिक विशेषज्ञ थिए कि?
अँ तिनीहरू मध्ये केही हार्वाड र केम्ब्रिज विश्वविद्यालयका उत्पादन पनि थिए। उनिहरूलाई मैले भने- “यहाँ राजाको तस्वीर टाँगिएको छ, त्यो एकदम ठीक कुरा भएको छ। तर त्यहाँ एउटा अर्को पनि तस्वीर हुनुपर्छ- एउटा हलो जोतिरहेको किसानको तस्विर।” उनीहरूलाई मैले यो पनि भनेँ- “तपाईँहरूले जहिले पनि विकासको योजना बनाउँदा त्यो झुपडीमा बस्ने किसानलाई सम्झनुहोस्। र तपाईँहरूले यहाँ बसेर बनाएको योजनाले राजालाई होइन, कि त्यो किसानलाई के फाइदा दिन सक्छ भनेर आफैसित प्रश्न गर्नौँस।” यो मेरो मौलिक विचार होइन, महात्मा गान्धीको विचार हो। म कुनै आर्थिक विशेषज्ञ होइन तर जुन विकासले ग्रामीण जनतालाइ पछाडि छोडिदिन्छ त्यो विकास विकास नै होइन। मेरो विचारमा शहरको सुविद्या मात्र हेर्ने र गाउँको बेवास्ता गर्ने विकास विकास हुँदै होइन। किनभने नेपाल गाउँ नै गाउँ बनेको देश हो। नेपालको गरीबी भन्नु गाउँमै छ। गाउँ र गाँउलेहरूको अवस्था बारे तपाईँलाइ केही थाहा छैन भने गरीबीको समस्या बुझ्ने पट्टि पहिलो पाइला सार्न पनि सक्नुहुन्न। बडो उत्कृष्ट एवं जटिल प्रविधि भएका विकसित देशहरूबाट विकासको धारणा आयात गर्नु नै हाम्रा योजनाविद्हरूको गल्ती हो। विकसित देशहरूमा ठूलो शहरीकरण भएको छ, उनीहरू कहाँ गाउँ पनि शहर जस्तै छन्। उनीहरूको कृषिमा पनि बडो उच्च स्तरीय प्रविधिको प्रयोग भइरहेछ। नेपाली योजनाकारहरूलाई विकासको नमूना यिनै देशहरूले प्रदान गर्छन्। यदि योजनाकारहरूको बुद्धिमा उचित किसिमको प्रक्रियाको शुरूवात पनि गर्न सक्ने छैनौँ- त्यहीँबाट नै हाम्रा बाटो छुट्टिन्छ। म योजनाकारहरूलाई गाउँ र गाउँलेहरूले प्रयोग गरिरहेको प्रविधिमा केही मात्र सुधार गरिएको प्रविधि प्रयोग गर्न अनुरोध गर्छु। जस्तो की साधारण हलोको ठाउँमा विकासको हलो प्रयोग गर्ने, तर ट्रयाक्टर प्रयोग गर्ने होइन। ठूल्ठूला मेशीन, बुल्डोजर, जेट इन्जिनहरूको प्रयोग गर्ने होइन। विदेशबाट आयात गरिएका गाडीहरूमा विदेशबाटै आयात गरेको तेल हालेर विदेशमै तालीम पाएका प्राविधिकहरूद्वारा ठूल-ठूला सडकमा दौडाउन किन पर्यो र? निर्माणकै काममा पनि सिमेन्ट या फलामका छडको प्रयोग नगरेर विदेशी निर्भरता घटाउन सकिन्छ। योजनाकारहरूले कृषि उत्पादनमा बृद्धि गर्ने कुरामा र कृषिजन्य उधोगहरूको विकासमा पूरा जोड दिनु पर्छ।
तपाईँलाई थाहा छ दुई बर्ष अघि घाँटिको बेथा लागेर बम्बईको जसलोक अस्पतालमा भर्ना हुन पर्यो। त्यहाँका डाक्टरहरूसित म जनताका स्वास्थको समस्याबारे छलफल गर्थेँ। कुनै कुनै डाक्टरहरू जनताको सेवा गर्ने भावनाले ओतप्रोत भएका थिए। उनीहरूलाई मैले सोधेँ- ‘म सरकारमा भएको भए जनताको स्वास्थ्यको अवस्थामा सुधार ल्याउन के गर्नु पर्ला?’ उनीहरूको रक्षा हुन सक्नेछ। विदेशमा तालीम प्राप्त डक्टरहरुले भरिएको जसलोक अस्पताल जस्ता अस्पताल पनि चाहिँदैनन्। पानीबाट आफ्नो समस्याको समाधान थाल्नोस, कुनै कठिनाई हुने छैन। त्यसकारण मेरो सुझाव के छ भने पहिला हामीले ग्रामीण जनतालाई सफा र सुरक्षित पानी पिउने व्यवस्था मिलाई दिनु पर्छ। उनीहरूलाई आफ्नो गाउँ सफा राख्ने प्रेरणा दिने हो, महँगो अस्पताल बनाइदिने हैन। त्यस्को खर्च बेहोर्न हाम्रा गरीब जनता कदापि सक्तैनौँ। तर स्वास्थको मुख्य-मुख्य आवश्यकता पूरा गर्न हामी सक्छौँ। मैले भन्न खोजेको कुरा के हो भने विकसित देशको चकाचौँध देखेर हामी नबहकिऔ र विकासको प्रश्नमा भावुक नहौऔँ। विकासको काममा पहिला हामी गाउँको माटोले आफ्ना हात मैल्याऔँ जुन माटोले नेपाल बनेको छ। भोलाजी तपाईँ यसलाई ग्रामीण सभ्यता या ग्रामीण संस्कृतिको रूपमा परिणत हुने कुरो भनेर मान्न सक्नु हुन्छ।
निश्चय, तपाईँले भनेका कुरा सुन्दा मलाईँ पोल पोटको प्राथमिक साम्यवादको सम्झना भयो।
अहँ होइन। पोल पोटको जस्तो होइन। पोल पोटले जबर्जस्ती गर्छन्। साँच्चै भनुँ भने पोल पोटले शहरका जनतालाई शहरबाट बलजफ्ती निकालिदिए र गाउँतिर लघारे। नोम पेह्ग र अरू धेरै शहरबाट बलजफ्ती निकालिदिए र गाउँतिर लघारे। नोम पेह्ग र अरू धेरै शहरबाट मानिस निकालिदिए। त्यो त भयङ्कर अप्रजातान्त्रिक कुरो हो।
मैले तपाईँको कुरा बुझेँ। तपाई प्रजातन्त्रमा जोड दिन चाहनुहुन्छ। अर्थात् तपाईँ जे पनि प्रजातान्त्रिक तरीकाले गर्न चाहनु हुन्छ जुन कि जनताको स्वीकृति लिएर मात्र गरिन्छ। र सबैभन्दा महत्वपूर्ण कुरो त्यही हो। होइन?
हो। विकासको जुन नमूना अमेरिकाले देखाएको छ त्यसलाई मैले हेनरी फोर्डको नमूना भन्ने गरेको छु। यो नमूनालाई रूसले समेत ग्रहण गरेको छ। लेनिनले सत्ता लिँदा उनको विकास-नमूना त्यही थियो। उनी सँधै भन्थे कि रूसले १०/१२ वर्षमा अमेरिकालाई भेट्टाउने छ। अचेत पनि रूसीहरू आफ्नो विकासलाई अमेरिकाकै विकाससित दाँजेर हेर्छन्। उनीहरूको विकास-नमूना अमेरिकाले दिएको हो, र त्यो नमूना अमेरीकालाई हेनरी फोर्डले दिएक थिए। अब हेर्नोस्, अमेरिकाको जनसंख्या संसारको प्राकृतिक स्रोत र प्रसाधनको ३०-३५ प्रतिशत भाग उपभोग गरेका छन्। त्यही नमूनाको पछि लागेर उसै किसिमले भोग गर्न थाल्ने हो भने भारत र चीनका जनतालाइ मात्रै पनि संसारको साधनले पुग्दैन। भारत र चीनको जनसंख्या संसारको पूरा जनसंख्याको ६० प्रतिशत होला। त्यसकारण विकासको यो नमूना आफ्नै तर्कद्वारा अव्यावहारिक र अप्रासङ्गिक सिद्ध भएको छ। मलाई अमेरिकाको कोलम्बिया विश्व विद्यालयमा भाषण दिन बोलाएका थिए र मैले यो कुरो अमेरिकीहरूलाई सुनाउँदा उनीहरू झसङ्ग भए। हाम्रा किसानहरू अथवा हरियाना र पंजावका किसानहरू अमेरिकी किसानहरू भन्दा सक्षम र उत्पादनशील छन् भनेर मैले भनेँ। वास्तवमा सक्षम हुने भनेको के हो? लगानी र उत्पादनको सुसम्बन्ध हुनु पर्छ। अमेरिकीहरूलाई मैले भनेँ- तपाईँका किसानहरू खेतमा भयङ्कर खर्च गरेर महंगो मल हाल्छन् तर प्रति एकाइ अन्न उत्पादन भने हरियाना वा पंजावमा बढि हुन्छ, तर त्यसको लगानी भने अमेरिकामा भन्दा कमै हुन्छ। नेपाली किसानले पनि आफ्नो सीमित सामग्रीको उपयोग गरेर तपाईँका किसानहरूले भन्दा बढी अन्न उत्पादन गर्न सक्छन्। तपाईँहरूका वैज्ञानिकहरू र तेस्रो विश्वका वैज्ञानिकहरू एउटै स्तरमा छन्। सौरशक्तिको प्रयोग गर्न ठूलो सफलता हासिल भएका खण्डमा अमेरिका भन्दा भारत बढी सम्पन्न हुन सक्छ। किनभने अमेरिकामा भन्दा भारतमा सौरशक्ति बढी उपलब्ध हुन सक्छ।
तपाईँ द्वन्द्वात्मक भौतिकवादमा विश्वास गर्नु हुन्छ? अर्थात् इतिहासको भौतिकवादी विश्लेषणसित तपाईँ सहमत हुनुहुन्छ?
तपाईँको दोस्रो प्रश्नको पहिले उत्तर दिन्छु र भन्छु-”अहँ।” सारांशमा म त्यसलाई अस्वीकार गर्छु यद्यपि त्यसमा कत्ति पनि सत्यता छैन भनेर म भन्दिन। मानिस बहुआयामिक प्राणी हो। मार्क्सले के गल्ती गरे भने मानिसलाई उनले एक आर्थिक प्राणीको रूपमा सृष्टि गरे जो आफ्नो आर्थिक जीवनसित मात्र सरोकार राख्छ। त्यसमा सत्यता छैन भनेर म भन्दिन, तर मानिसको त्यो एउटा अपूर्ण चित्र हो। मानिस आर्थिक प्राणी हो र त्यो भन्दा बढी पनि केही हो। के कुरो बढी छ उसमा? तपाईँ भन्नुहोला मानिस ईश्वरको सृष्टि हो। हो मलाई लाग्छ त्यो भन्दा पनि बढी केही हो। मानिसका अनेकौँ आयाम छन्। अर्को कुरो मानिस केवल भोजनको लोभले मात्र अभिप्रेरित भइरहँदैन। पेट मात्रै उसका सारा क्रियाकलापहरूको प्रेरक हैन। पेटभरि खान मात्रै पाइनछ् भन्ने नाराले आजसम्म कुनै आन्दोलन भएको छैन। सन् १९१७ मा रूसमा जुन समाजवादी क्रान्ति भयो-समानताका लागि। मानिस केही मात्रामा इतिहासको उत्पादन हो भने केही मात्रामा इतिहास बाहिरका तत्त्वहरूको पनि उत्पादन हो। मानिस आएपछि नै बन्न थाल्यो। जहाँसम्म मानिसको सरोकार छ, समय भन्ने कुरा पनि मानिस संसारमा आएपछि बनाइएको हो।
तपाईँ ऐतिहासिक निर्णयवादमा विश्वास गर्नु हुँदैन, हो? अर्थात सबै कुरा ऐतिहासिक नियतिले पूर्वनिर्धारण गरेको हुन्छ भन्ने कुरो मान्नु हुन्न?
ऐतिहासिक नियतिमा विश्वास गर्ने हो भने अर्थात् सबै कुरो इतिहासले निर्धारण गरे बमोजिम नै हुने हो भने हाम्रा सारा प्रयत्नहरू एउटा निरर्थक अभ्यास मात्र हुन जान्छन्। यो एउटा बडो चाखलाग्दो कुरो छ। मार्क्सको दर्शन अनुसार मानिसको मत स्वतन्त्र छैन, पूर्वनिर्धारित छ। अर्थात् मानिस जुन सामाजिक वर्गको सदस्य हुन जान्छ। त्यसै वमोजिम उसको मनस्थिति निर्धारित हुन्छ भने उनको राय छ। तर यो बिडम्बना हो कि मार्क्स उस बेलामा सबैभन्दा ठूला पर्चाबाज थिए। यदि मानिसको मन स्वतन्त्र हुँदैन, अथवा वदलिन सक्दैन, या भनौँ पूर्वनिर्धारित हुन्छ भने, उनले कसको मन बदल्नलाई पर्चा लेखेका थिए त?
तपाईँ नास्तिक हुनुहुन्छ कि?
सबभन्दा पहिले इश्वर भन्नाले मानिसको तात्पर्य के हो बन्ने बारे कुने परिभाषा दिइएको छैन। तर जुन अवस्थामा मानिस भावनाको समुद्रले भरिएर,ब्रम्हाण्डको व्यापकता देखेर अथवा सको सौन्दर्य देखेर, फूलहरू देखेर कविता लेख्न थाल्दछ, अस्तित्वको त्यही भाग नै इश्वरको अनुभूति हो, देवत्वको अनुभूति हो। मानिसलाई खान पाएर मात्रै पुग्दैन। जीवनका अरू पक्षहरू छन् जो महत्वपूर्ण छन् , शायद बढी महत्वपूर्ण। ती पक्षहरू व्याख्यान हुन नसकेका जीवनका रहस्यहरू हुन्। ती रहस्यहरूको तपाईँलाई अनुभव भएको छैन भने या तिनबाट चकित हुनु भएको छैन भने तपाईँलाई अनुभव भएको छैन भने तपाईँको जीवन पूर्ण सार्थक रूपमा बाँच्नु भएन। म प्रधान मन्त्री छँदा रविशङ्कर काठमाण्डू आएका थिए र एउटा कार्यक्रमको आयोजना भएको थियो। मलाई भयङ्कर थकाइ लागेको थियो तैपनि कार्यक्रममा उपस्थिति नहुनु अशिष्टता हुनेछ भनेर त्यहाँ शामेल हुन गएँ। म त्यो तीन या चार घण्टा लामो कार्यक्रम भरी नै बसिरहेँ। कार्यक्रम सिद्धिए पछि रविशङ्करलाई गएर मैल भने-’ यो मेरो ईश्वरसितको निकटतम अनुभूति थियो।’ उनले सितार बजाएको सुन्दा मैले ईश्वरको नगीचै पुगेको अनुभब गरे। कहिले काँही सारै राम्रो चित्रकला देख्ता या रविशङ्करको जस्तो संगीत सुन्दा यस्तो अनुभव हुन्छ।
विहान सबेरै उठेर बाहिर निस्केर, प्रकृतिको (फूलहरू, रूखहरू र नीलो आकाशको) अवलोकन गर्दा तपाईँ कस्तो अनुभव गर्नु हुन्छ? यस्ता क्षणहरूमा कहिलेकाहीँ व्याख्या गर्न नसकिने अचिन्त्य वस्तुसित आफ्नो आत्माको विचलन भएको अनुभव गर्नु भएको छ?
छु। त्यस्तो अनुभव मलाई धेरै धेरै पल्ट भएको छ। कहिलेकाहीँ कस्तो हुन्छ भने म समष्टिको एउटा अंग बन्न जान्छु। सारा चराचर सृष्टिमा जीवन छ जस्तो मलाईँ अनुभव हुन्छ, सारा ब्रम्हाण्डमा जीवनको स्पन्दन भएको र म त्यसै भित्रको एउटा अंग भएको अनुभव हुन्छ।

बीपी कोइरालाले आफ्नो जीवनको सबैभन्दा लामो समय यही सुन्दरीजल जेलमा विताउनु भएको थियो।
यस्तो क्षणमा सारा ब्रह्माण्ड र त्यसभित्रका चराचर तथा अन्य वस्तुहरूलाई मानिसले बनाएको होइन र मानिस भन्दा पर अरू केही छ भन्ने अनुभव गर्नु हुन्छ?
अहँ, त्यस किसिमको दर्शनशास्त्र होइन। म के अनुभव गर्छु भने म हरेक वस्तुको एक अंश हुँ, तर म दर्शनशास्त्रसम्म जान्न। अथवा विचारजगतमा बढी रूमलिन पनि जान्न।
त्यसो भए म तपाईँलाई नास्तिकतावादी भनौँ कि अध्यात्मवादी?
तपाईँ मलाईँ एक प्रकारको अध्यात्मवादी भन्न सक्नुहुन्छ। मलाई लाग्छ, प्रकृतिमा कैयौँ त्यस्ता तत्त्वहरू छन् जसको वैज्ञानिक व्याख्या या विश्लेषण हुन सक्तैन। समष्टिमा यसको अध्ययन गर्न सकिएला तर व्यक्ति व्यक्तिमा बुझ्न नसकिने हुनसक्छ। मनलाई विचारको आकार (संरचना) सित ढाल्ने वित्तिकै सत्यको अनुभूति उम्किन्छ। केवल आफ्नो तर्कशक्तिमा मात्र भर पर्ने हो भने मानिसले गर्ने ज्ञान अपर्याप्त हुनजान्छ।
तपाईँलाई कहिलेकाहीं राजनीतिदेखि वाक्क लागेर आयो कि? आफ्नो अधिकांश जिन्दगी अनवरत रूपमा घुमिरहेको संघर्ष, मुद्दा, जेल, अभियोग, देश निकाला इत्यादिको चक्रमा बारम्बार फंसिरह्यो भन्ने विचार कहिल्यै मनमा आयो कि? अथवा राजनीति छोडेका भए पनि हुने थियो भन्ने खालको पश्चाताप मनमा आयो कि? अथवा राजनीति छोडेका भए पनि हुने थियो भने खालको पश्चाताप मनमा आयो कि?
तपाईँलाई थाहै छ, तपाईँले भने जस्तो दु:ख, संकट झेल्न नसकेको भए, म आज जे छु त्यो हुने थिइन।
तर तपाईँको जीवन भन्नु त तिनै संकट, जेल, यातना, मुद्दा, अभियोग इत्यादिकै कहानी हैन र?
मैले बुझेको जीवन नै त्यही किसिमको हो। अरू किसिमको जीवनलाई मैले बुझेको छैन। मानिसले अरू जुन किसिमको जीवनयापन गर्छन् त्यसमा मलाई कुनै आकर्षण हुँदैन। त्यस्तो खालको जीवनयापन गर्नु परेको भए म दिक्क हुने थिएँ शायद त्यसै दिक्दारीबाट मर्ने पनि थिएँ। मलाई अर्को नयाँ जीवन दिइयो भने पनि मेरो यो जिन्दगी जस्तो भयो, त्यो भन्दा फरक खालको जिवन हुने छैन। तपाईँको प्रश्नका दुइटा पक्ष छन् जस्तो मलाई लाग्यो। एक पक्ष त के हो भने एक राजनीतिज्ञका हैसियतले म सफल हुन चाहन्थे हैन? मैले जुन किसिमको समाज निर्माण गर्न खोजेको थिएँ र म जुन कुरा सफल भएको भएको भए त्यसको असर मलाई भन्दा अरूलाऐ बढी पर्ने थियो, त्यसमा सफलता नभएकोमा मलाई चिन्ता हुन्छ। तर जहाँसम्म मेरो व्यक्तिगत कुरा छ, मलाई सफलता या असफलता या असफलताको कुनै महत्त्व छैन। आफूले चाहेको काममा आफ्नो सम्पूर्ण क्षमताको प्रयोग गरियो र आफुले सक्ने जति सम्पूर्ण कुराको बाजी लगाइयो भन्ने कुरा आफ्नो अन्तरात्माले इमान्दारीसाथ मान्नसक्छ भने, त्यसले मानिसलाई सन्तोष दिन्छ। मलाई अनुभव भएको कुरा पनि यही हो। साधारणतया मानिसले सफलता भनेर जे कुरालाई भन्छन् त्यस अर्थमा म सफल भइन। तर जब म मानिसहरूले सस्तो सफलता प्राप्त गरेको देख्छु, त्यसबाट उनीहरूले आत्मिक सन्तोष प्राप्त गरे होलान् जस्तो मलाई लाग्दैन। असफल नै भए पनि सत्कार्यका लागि प्रयत्न गरिरहँद एक प्रकारको आत्मिक आनन्द हुन्छ मलाई यही नै भयो भन्ने लाग्छ।
तपाईँलाई २०१८ सालमा जेलबाट छुटाउनका लागि नेहरूले के योजना बनाउनु भएको थियो त्यसको मलाई अलि विस्तृत ज्ञान गराइदिनु हुन्छ कि?
भोलाजी, यो अति संवेदनशील प्रश्न हो, जसमा मेरो पक्षको वाहेक भारत सरकारको समेत संलग्नता छ। म त्यो ऐले छापियोस् भन्ने चाहन्न।
ठिक छ, तपाईँले स्वीकृति नदिइकन म त्यो छाप्ने छैन भनी प्रतिज्ञा गर्छु। त्यसो भए त हुन्छ कि?
हुन्छ। २०१८ सालमा हाम्रा जुन साथीहरू भारतमा बसेर सरकारको विरोध गरिरहेका थिए उनीहरूको के सोचाई थियो भने म पनि उनीहरूका साथ भएँ भने हाम्रो संघर्ष ज्यादा प्रभावकारी हुने थियो। त्यसकारण उनीहरूले मलाई जेलबाट छुटाउन चाहे। तर त्यसबारे मलाई केही ज्ञान थिएन, किनभने मलाई जेलमा कसैसित देख, भेट गर्न या बोलचाल गर्न दिइएको थिएन। त्यसपछि राजनीतिक बन्दीहरूलाई दिइने सामान्य सुविद्या दिइनु पर्छ भनेर मैले अनशन गरेँ जुन सुविद्या मध्ये एउटा सुविधा आफ्ना नातेदार र साथीभाईलाई भेट्न पाउनु पर्छ भन्ने पनि थियो। अन्ततोगत्वा यो सुविद्या दिइयो। मेरी एउटी नातेदार मलाई भेट्न आइन्। तिनले मलाई तीन चार पल्ट भेटिन्। पहिलो पालि उनी मेरा निम्ति जवाहारलाल नेहरूसित छलफल गर्न गएकी रहिछन्। लुमुम्बा मारिएपछि म पनि उसै गरी मारिन्छु कि भनेर उनी डराएकी रहिछन्। जवाहरलालजीले भन्नु भएछ कि नेपाली शासकहरू कङ्गोका शासकहरू जस्ता जंगली छैनन्। त्यसपछि उनी मलाई भेट्न आइन् र उनले मेरो साथीहरूलाई कलकत्तामा भेटेको र जवाहारलालजीलाई समेत भेटेको कुरा गरिन्। उनीहरू मलाई जेलबाट उम्काउन चाहन्छन् भनिन्। एक थरी हाम्रा मानिसहरू सैनिक पोशाक लगाएर आउनेछन् र तिनीहरूले मलाई पनि सैनिक पोशाक लगाउन लाउने छन्, त्यसको विरोध मैले गर्न हुँदैन, बरू उनीहरूले भने बमोजिम गर्नु पर्छ भनी मलाई सिकाउन उनी आएकी रहिछन्। मैले भने ‘ यसमा भारतबाट ग्यारण्टी नलिइकन म कसरी सुरक्षित रहने, किनभने जेलबाट उम्के पनि भागेर भारत नगई नहुने हुन्छ’ भनी मैले सोधेँ। उनले यस बारेमा जवाहरलालजीलाई भेटेकी रहिछन्। वास्तवमा जवाहरलालजीले नै उनलाई पठाउनु भएको रहेछ। त्यसपछि उनी गइन्। एक महिना जति पछि उनी फेरी मलाई भेट्न र भनिन् कि योजनामा जोखिम छ। किनभने यसरी उम्काउने कामको दौरानमा कतै गोली हानाहान जस्तो भयो भने मलाई गोली लाग्न सक्थ्यो।
जवाहरलालजीलाई पनि मनमा लागेछ कि यस्तो जोखिम उठाउनु ठीक छैन जसमा मेरो जीवन जाने सम्भावना छ। त्यसकारण यो विचार छोडिदिइयो- यो कुरो २०१८ सालको मंसिर-पुषतिर भएको हो।
तपाईँलाई मैले २००६ सालतिरदेखि चिनेको हुँ। त्यसै बेलादेखि नै मैले देखेको छु कि तपाई र तपाईँकी श्रीमतिका बीचको सम्बन्ध यसो बाहिरिया किसिमले हेर्दा बडो प्रेमपूर्ण र समझदारीपूर्ण छ। तर मलाई निर्धक्क भएर बताइदिनोस् के तपाईँले आफ्नी श्रीमतीलाई आजीवन प्रेम गरिरहनु भयो? उहाँ प्रति सदैव बफादार रहनु भयो?
तपाईँ मलाई यसरी सोध्नु हुन्छ भने म भन्छु कि मैले उनलाई विवाह गरेको दिन उनी मेरा लागि जति नयाँ थिइन्, आज पनि त्यतिकै नयाँ छन्। किनभने विवाह गरेपछि जीवनको धेरै जसो समय म उनबाट टाढै रहेँ-म अनेकौँ पल्ट जेलमा परेँ, अनेक यात्रा र भ्रमणमा निस्केँ, या देशनिकाला भएर रहेँ। उनीसंग पर्याप्त मात्रामा सँगै बस्ने अवसर मलाई भएन। त्यसकारण मलाई उनका प्रति उही पुरानै आकर्षण छ। उनी मेरो ठूलो सम्पत्तिका रूपमा रहिन्। उनमा एउटा आध्यात्मिक गुण छ जसले मलाई भरोसा दिन्छ। वास्तवमा उनले मैले भन्दा बढी दु:ख पाएकी छन्। बाहिरिया किसिमले हेर्दा मात्र तपाईँ यो कुराको मर्म बुझ्नुहुन्न होला। जव म २०१७ साल पौष १ गते पक्डिएँ, मलाइ कहाँ थुनेर राखेको छ भन्ने कसैलाई थाहा थिएन। म जीवितै छु कि मरिइसकेँ भन्नेसम्म पनि कसैलाई थाहा थिएन। एक डेढ वर्षपछि जब जेलमा मलाई भेट्न उनी आइन् मैले उनको कपाल फुल्दै गइरेहेको देखेँ। र तीन वर्ष भित्रमा त उनी पूरै फुलिन् अनुहारमा चाउरी पर्यो। उनी एक साहसी नारी हुन्। बफादारीको जहाँसम्म प्रश्न छ, त्यस्तो बफादारी भनेको के हो मलाई थाहा छैन। यदि तपाईँको प्रश्न पनि प्रचलित प्रश्न नै हो, या मेरो अरू कुनै नारीसंग पनि प्रेम सम्बन्ध थियो कि भन्ने हो भने, आफ्नी पत्नी वाहेक अरू कसैसित कुनै प्रेम सम्बन्ध नभएका मानिसहरू ज्यादै कम हुँदा रहेछन् भन्ने मेरो अनुभव छ। त्यस दृष्टिले म एक साधारण व्यक्ति हुँ र मेरो अरूहरूसंग प्रेम सम्बन्ध थियो पनि। तर मेरो जीवनका स्थायी दृढ सम्बन्धको बन्धनहरू भने आफ्नै पत्नीमा रहे।
इतिहासमा तपाईँको स्मरण कुन रूपमा होस् भन्ने चाहनु हुन्छ? साँच्चै भनौँ भने तपाईँ आफ्नो मृत्यु पछि कुन वाक्यले प्रशंसित हुन चाहनुहुन्छ।
यसबारे मैले कहिल्यै सोचेको छैन। वास्तवमा मैले त्यति ठूलो काम केही गरेको छैन जसका लागि भावी पुस्ताहरूले मलाई सम्झिराखुन्। मैले तपाईँसंग अघि अघि भएका अन्तर्वातामा पनि भनिसकेको छु कि मेरो प्रयासको जुन अघ्यात्मिक पक्ष छ त्यसले इतिहासमा कुनै स्थान पाउनु पर्छ भन्ने आकांक्षा राख्दैन। मैले जीवन आनन्दसाथ भोगेँ आफ्ना कर्तव्यहरू पूरा गरेँ भन्ने मलाई लाग्छ- त्यत्ति नै पर्याप्त छ। कुनै कामको स्मारकका रूपमा मलाई जनताले संझिराखुन् भनौँ भने मेरो त्यो आकांक्षा कत्ति पनि छैन। यदि म भनूँ कि नेपालमा प्रजातान्त्रिक व्यवस्था ल्याउने व्यक्तिका रूपमा मलाई संझिनु पर्छ भने पनि, त्यो एउटा बडो अस्पष्ट स्मारक हुनेछ। त्यसकारण देश र जनताले मलाई कुन रूपमा संझिराख्नु पर्छ भन्ने बारेमा मलाई कुनै फिक्री छैन। मलाई त्यसमा चाख छैन।
तर तपाईँ आफ्नो अन्तरात्माप्रति इमान्दार रहनु भयो- यो त भन्न सक्नुहुन्छ कि? अर्थात आफुले चाहेको कामको लागि आफ्नो सम्पूर्ण क्षमतालाई उपयोग गर्नु भयो भन्न त सकिन्छ कि?
सकिन्छ, मैले त्यो गरेँ, सिवाय त्यसका लागि म संगठित थिइन यदि म बढी संगठित हुन सकेको भए मेरो योगदान ज्यादा स्थायी र बलियो हुन्थ्यो होला।
त्यसो भए तपाईँ आफ्नो आत्मा प्रति सच्चा रहनु भयो हैन त?
हो, म आफ्नो आत्माप्रति बडो सच्चा रहेँ। त्यस बारे कुनै सन्देह छैन। वास्तवमा, म आफुप्रति बडो इमान्दार रहेँ।
I wake up early and checked my visa in a card. I had all necessary transition visa and working visa. I took bus to Patan Dhoka from purano Bus Park at 7 o’ clock. The bus stopped while crossing Thapathali on a bridge over Bagmati. The security checked the permit of bus to pass to Lalitpur. I showed my working visa. I am little tense as the issue of throwing off the working person from other states and giving priority to locals from own state is burning. Is it my nightmare or future or someone’s dream?
Though I am optimistic about life; all my thoughts of life round such way that I am diverting towards pessimistic thought of life nowadays. I always think that it is better to live like big fish in a small pond rather than a small fish in an ocean. But I have never thought in dreams as well what will I do if the small pond dries? till today.
There is a whim in Nepal to go abroad to study, to earn livelihood or simply to live. I believe it is trend. I have my own convictions that this small country will get developed along the way I will also grow. I shall have direct participation in developmental projects and I shall see this country developing. My belief might be a dreaming which is fading away at this moment. Now I guess leaving away from here might be necessity of all Nepali to live peacefully or live a life.
Some says ‘Loktantra’ came. Some opines we are on the right path and soon Loktantra will be established. But I have really very less idea about what ‘Loktantra’ means? I have studied about democracy and many argue the literal meaning of democracy is Loktantra in nepali. There are many definitions of democracy like … of the people, by the people, for the people to … freedom … rights etc. But in Nepal, the word “duty” seems missing. Here simple definition prevails which is enjoying freedom and rights in democracy without caring the next person’s freedom and right. The act of enjoying freedom and right by one if victimizes other, and then is it democracy? Calling of bandh and strike by one and getting moral and other support on those issues is practiced in many democratic countries. But calling bandh and hitting stone and vandalizing others property and forcefully implementing bandh, is it democracy?
The UN is an international institution which has gained a unique reputation and status. The UN vehicles travels and pass through war zone and there staffs are highly respected all over the world.Here, in Nepal the staffs are interrogated and UN vehicles are stopped in simple bandh. What kind of image we want to build among international community?
Everyone says Nepal is in transition phase and puts their demand. Everyone is lobbying and making pressure groups. Every group is demanding their own state, their presence in right place etc. Every community is asking for their representation and wants to be stake holders in a government. The parliament has also thought of forming state governments ‘Sanghiya Rajya’. Hope if this is implemented, then it would be scientific and with good logic. I have heard inhabitants of Kathmandu valley have decided that it will remain intact and won’t be splitted into Kathmandu, Lalitpur and Bhaktapur even a provision of state government system is implemented.
But very childish thing came to my mind. The Kathmandu valley major population constitutes Newar. Although Newari language is spoken by the entire Newars of Kathmandu valley, there is slight difference in the spoken Newari in Kathmandu, Lalitpur and Bhaktapur. If in case Kathmandu, Lalitpur and Bhaktapur became three states then the life in future Kathmandu would be …………




